विष्णु माझीको तीजगीत सार्वजनिक (भिडियोसहित)



काठमाडौँ। गायिका विष्णु माझीको यस वर्षको तीज गीत सार्वजनिक भएको छ।

तीज आउन अब २ सातामात्र बाँकी रहँदा विष्णुको गीत ‘पुतलीको भट्टी –१९’ सार्वजनिक भएको हो । बुधवार बेलुका सार्वजनिक ‘बलमा’ गीतमा विगतमा जस्तै विष्णुको एकल स्वर छ ।

गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द एवं संगीत छ । आशिष अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका हुन् । भिडियोमा यसपटक बिनु सुवेदी फिचर्ड छिन् । साथमा, सुन्दरमणि अधिकारी पनि प्रस्तुत छन् । मौसम हिमालीले भिडियोको​ कोरियोग्राफी गरेका छन् । ​

सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ । शम्भु चालिसेको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीत सुन्दरमणि र विष्णुकै सपना म्युजिक इण्डष्ट्रीज नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।

विष्णुले प्रत्येक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी छिन् । उनी तीज गीतमा सबैभन्दा धेरै भाग ल्याउने गायिका समेत हुन् । पछिल्लो समय बाहिरी गीतमा स्वर नदिएका कारण पनि विष्णुको तीज गीतको थप प्रतीक्षा थियो । गीत सार्वजनिक भएसँगै प्रतीक्षामा रहेका स्रोता–दर्शकहरु खुशी भएका छन् ।