एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आए



काठमाडौँ। पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन्।

यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ। चीनबाट ५ हजार २७ जना र अमेरिकाबाट ४ हजार ६२९ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

श्रीलंकाबाट ३ हजार ८५८ जना पर्यटक नेपाल भित्रिदा बंगलादेशबाट ३ हजार १९० जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ। बेलायतबाट २ हजार ७११ जना पर्यटक नेपाल आएका छन् भने स्पेनबाट १५ सय ८८ जना पर्यटक नेपाल आएका छन्। यस्तै जापानबाट १५ सय २०, इटालीबाट १४ सय ९६ र अष्टे«लियाबाट १३ सय ४७ जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ।