बालेनले गरे चीन भ्रमण रद्द



काठमाडाैँ। चीनले आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भू-भाग नदेखाएको र नेपाली भू-भाग भारततिर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण नै रद्द गरेका छन्।

उनी चीन  सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बेइजिङ जाने कार्यक्रम तय भएको थियो।

तर, उनले बिहीबार फेसबुकमार्फत चीनले नेपालीको संवेदनशीलतामा गलत कदम चालेकाले नैतिकताका आधारमा चीन नजाने निर्णय गरेको बताएका हुन्।

‘नेपाली भू-भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं। त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय  गरेको छु’,उनले लेखेका छन्।