काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), केन्द्रीय प्रचार विभाग सदस्य तेजप्रसाद वाग्ले विद्यावारिधी हासिलका लागि चीन प्रस्थान गर्नुहुने भएको छ।
पत्रकारिता विषयमा विद्यावारिधीका लागि शुक्रबार छिमेकी देश चीन प्रस्तान गर्ने कार्यक्रम रहेको छ। बिहिबार प्रचार विभागले एक कार्यक्रमको आयोजना गरेर वाग्लेलाई बिदाई गरेको हो। वाग्लेले चीनमा ४ वर्ष अध्ययन अनुसन्धानमा बिताउनु हुनेछ।
बिदाई कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य गणेश बिक, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्याल, अशेष घिमिरे, भीम राई, प्रचार विभाग सचिव प्रकाश खतिवडालगायतका नेताहरुले डायरी, कलम दिएर बिदाई तथा शुभकामना दिनु भएको थियो।