काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने जिकिर गरेका छन्।
एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर गरेका हुन्।
‘फुटेका भनेका पनि यहाँ जुटेका छन्। बाहिर खुसी भएर रमाएका थिए, बल्ल खायौ भनेर। अब हेर हामी कसरी जुट्दैछौं’, उनले भने। कार्यक्रममा पूर्वमाओवादी लडाकु, नेपाली सेनाका पूर्व जनरल, झापा विद्रोहका योद्धाहरूदेखि सशस्त्र विद्रोह गरेका माओवादीसम्म एक ठाउँमा उभिएकोमा उनले खुसी व्यक्त गरे।
देशमाथि इतिहासकै ठुलो साम्राज्यवादी हमला हुन लागेको भन्दै उनले राष्ट्रियताको रक्षाका लागि सबै प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको बताए। एमसीसी २१औँ शताब्दीको साम्राज्यवादी उपनिवेश भएको जिकिर गर्दै उनले खारेजीको लागि सडक सङ्घर्ष गर्नुपर्ने धारणा राखे।