फतेहीमाथि अल नासरको सानदार जित



काठमाडौँ। साउदी प्रो लिगमा अल नासिर क्लबले शानदार जित निकालेको छ।

शुक्रबार राति रोनाल्डो प्रेरित अल नासिरले अल फतेहीमाथि ५–० को शानदार जित निकालेको हो। खेलको २८औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई अग्रता दिलाएका थिए। रोनाल्डोको पासलाई सदुपयोग गर्दै मानेले गोल गरेका थिए।

मानेले दोस्रो गोल गर्नुअघि रोनाल्डोले समेत दुई गोल पुरा गरेका थिए। खेलको इन्जुरी समयमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे। रोनाल्डोले क्लबका लागि तेस्रो ह्याट्रिक पुरा गरेका हुन्। अल नासिर तीन खेलको समाप्तिमा १८ टिम सहभागी लिगको १०औं स्थानमा छ।