काठमाडौँ। गायिका रिया घलेको स्वरमा तीजगीत ‘भएन उज्यालो शीर बरिलै’ बोलको गीत बजारमा आएको छ।
रमेश परियारको लय शब्द रहेको गीतमा मंहगी, स्वास्थ्य सुविधामा भोग्नु परेका असहजता लगायत सन्देश समावेश गरिएका छन्। घरको नाजुक अवस्थाका कारण विवाह गर्न नपाएको र समाजले अनेकन कुरा काटेको सुन्दा खै कसले बुझ्छ र पिर बरिलै भन्दै नारीले विलौना पोखिएका दृश्य गीतमा देख्न पाइन्छ।
मौसम हिमालीले गीतको भिडियो निर्देशन गरेका छन्। रमा थपलिया, रिया र खेम नेपालीको अभिनय रहेको म्युजिक भिडियो सम्पादन नविन घर्तीले गरेका छन्।
भिडियो हेर्नुहोस्