‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार



काठमाडौँ। समाजवादी मोर्चा नेपाल, निकट विद्यार्थी संगठनहरू ‘अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (विप्लव)’ ले ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्।

आईतबार (साउन १४) ललितपुरको च्यासलमा रहेको हिमालय कलेज अफ ईन्जिनियरिङमा उक्त कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिनुभएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाद ‘प्रचण्ड’ प्रमुख अतिथिका रुपमा उपस्थिति हुने अध्यक्ष पराजुलीको भनाई छ।

अध्यक्ष पराजुलीका अनुसार उक्त कार्यक्रमको लागि प्रधानमन्त्री प्रचण्डलाई शनिबार भेटेर निमन्त्रणा र जानकारी गरिएको छ।साथै कार्यक्रममा नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव विप्लव सी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहनेछ।  आइतबार बिहान १०ः३० बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थित हुन सम्बद्ध सबैलाई आग्रह गरिएको छ।