सुर्खेत। असार मसान्तसम्म कर्णालीमा लम्पी स्किन नामक् रोगबाट ८ हजार ७९३ वटा पशु चौपायाको मृत्यू भएको छ। २ लाख १७ हजार १३४ पशुचौपाया उक्त रोगबाट संक्रमित छन्।
संक्रमित हुने दर लगातार बढिरहेको छ भने मृत्यूदर ४.०७ प्रतिशत रहेको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ। लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायतका जिल्ला बढी प्रभावित छन्। १० जिल्लामा गरी बाच्छा, बाच्छी १ हजार ४७२, गाई २ हजार २७७, गोरु ४ हजार ७०४, भैँसी २५३, चौँरी १४ को मृत्यू भएको छ।
पशु चौपायाको संक्रमण र मृत्यूबाट कर्णालीमा १७ करोड ५३ लाख ७६ हजार बराबरको आर्थिक क्षति भएको छ। यो तथ्याङ्क फागुनदेखि असार मसान्तसम्मको हो। ‘गोरु मरेको खण्डमा उसले गर्ने श्रम र त्यसबाट हुने क्षतिलाई पनि हामीले जोडेका हौँ,’ पशुपन्छी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले भने।
कर्णाली दूधमा आत्मनिर्भर छ। विशेष गरी सल्यान, सुर्खेत, दैलेख र रुकुम पश्चिममा ठुलो मात्रामा दूध उत्पादन हुने गरेको छ। तर, लम्पी स्किनले दूध उत्पादनमा पनि ठूलो मात्रामा ह्रास आइरहेको निर्देशनालयले जनाएको छ। कर्णालीमा फागनु महिना यता लम्पी स्किनको महामारी फैलिएको थियो।
कुन जिल्लामा कति क्षति ?