‘पुतली भुरुभुरु’ बोलको तीजगीत बजारमा (भिडियोसहित)



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीतहरु पनि बजारमा आउन थालेका छन्।

चेलीको बेदना पोख्नेको रुपमा खास गीतहरु कोर्ने गरिन्छ। यहि क्रममा तीजगीतलाई समेटेर “पुतली भुरु भुरु” गीत बजारमा आएको छ। तिलक ओली अफिसियल युटुव च्यानलबाट बजारमा आएको हो।

भूपू मायाको सम्झनामा अमेरिकामा बस्दै आएका तिलक ओलीले यो गीतलाई कोरेका छन् । लय पनि आफैले बनाएका छन् । चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको गीतलाई म्युजिक एरेन्ज भने बिनोद बाजुरालीको रहेको छ।

स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकडिङ्ग र खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन् । निशान बानियाँको निर्देसन, प्रकाश खड्काको क्यामराबाट तयार भएको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् ।

अमर सुनारको कोरियोग्राफी र रोनिसा अधिकारीको मेकअप रहेको छ। भिडियोमा चिरन्जिबी डागी र रेनुका खड्काको दमदार डान्स रहेको छ। ।