‘कांग्रेसलाई जानकारी दिएर समाजवादी मोर्चा बनाइएको हो’



काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँग गठबन्धन गर्दा नै समाजवादी मोर्चा बनाउने जानकारी दिइएको बताएका छन्।

केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपसभापति खड्काले कांग्रेस सहितको गठबन्धन बन्दा नै प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादीले अरु दलसँग मिलेर मोर्चा बनाउने जानकारी दिएको बताए।

त्यो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको भन्दै उनले भने, ‘त्यही दिन नै समाजवादी मोर्चा बनाउने सहमति भएको छ भनेर जानकारी गराउनुभएको हो।’