माओवादी निकट सयौं मजदुर नेता कार्यकर्ता समाजवादीमा 



काठमाडौँ। माओवादी केन्द्र निकट अखिल नेपाल सेक्यरीटी मजदुर संघमा आवद्ध एक सयभन्दा धरै नेता तथा कार्यकर्ताहरु एकीकृत ट्रेड युनियन माहासंघ (आईसीटीयू) को घटक युनियन सुरक्षा क्षेत्र युनियन परिषदमा समाहित भएका छन्।

नेकपा (एकीकृत समाजवादी) निकट सुरक्षा क्षेत्र युनियन परिषदमा समाहित हुनेहरुमा अखिल नेपाल सेक्यरीटी मजदुर संघका सचिवालय सदस्य तथा काठमाडौँ सेक्युरेटी प्रतिष्ठान इकाई कमिटीका अध्यक्ष डिक बहादुर तामाङ, ललितपुर जिल्लाका अध्यक्ष तथा संघका सचिवालय सदस्य गणेश लामा, जिफोर्स सेक्युरेटी प्रतिष्ठान इकाइक सल्लाहकार तथा निवर्तमान अध्यक्ष लिला खतिवडा, अखिल नेपाल सेक्यरीटी मजदुर संघ ललितपुर जिल्ला नगर कमिटी अध्यक्ष डिल्ली प्रसाद अघिकारी, काठमाण्डौ सेक्युरेटी प्रतिष्ठानका उपाध्यक्ष सन्तबहादुर गुरुङ लगायत विभिन्न क्षेत्रमा कार्यरत सय  बढि मजुर नेता  तथा कार्यकर्ता रहेका छन्।

शनिबार राजधानीको बागबजारस्थित एक होटेलमा आयोजित कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष विष्णु लम्साल, सुरक्षा क्षेत्र युनियन परिषदका अध्यक्ष प्रेम कार्की, महासचिव वीपी हुमागाईँ लगायतका नेताहरुले प्रवेशीहरुलाई संगठनमा स्वागत गर्नुभएको थियो।

तस्बिर: लेखनाथ सिकारू