‘कम्युनिष्ट आन्दोलन आरम्भको सम्पूर्ण श्रेय पुष्पलालाई नै जान्छ’



काठमाडौँ। नेपाल (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृतिका असवरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि उहाँले सुरु गरेको यात्रा विभिन्न किसमले विस्तार भइरहेको छ। यसले एकपछि अर्को उपलब्धि हासिल गदै गहिरहेको छ। यस अर्थमा हामी कहिल्यै बिर्सन सक्दैनौं।’  साथै अध्यक्ष नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको आरम्भ गर्ने सम्पूर्ण श्रेय पुष्पालाललाई नै जाने बताउनु भएको छ।
361604326_825800965580782_8162252228326783145_n1690089999.jpg