घोराही। नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणी चौधरीले पुष्पलाल दुरदर्शी नेता भएको बताउनु भएको छन्।
एकीकृत समाजवादी जिल्ला कमिटी दाङले शनिबार घोराहीमा आयोजना गरेको ४५औं पुष्पलाल स्मृति दिवसमा आयोजित भेलालाई सम्बोधन गर्दै चौधरीले उक्त धारणा राख्नु भएको हो।
‘कम्युनिष्ट पार्टीको स्थापना गर्नेदेखि लिएर नेपाली समाजको विश्लेशन गर्ने काम समेत पुष्पलालले गर्नुभयो। त्यो समयमा गणतन्त्रको कुरा गर्ने उहाँ वास्तवमा दुरदर्शी नेता हो भन्ने कुरा अहिले पुष्टि भयो।’
पुष्पलाल सहकार्यका सुत्रधारसमेत रहेको बताउँदै दाङ क्षेत्र नं १ का संघीय सांसद चौधरीले भन्न्ुभयो, ‘कांग्रेस र कम्युनिष्टको सहकार्यविना व्यवस्था फाल्न सकिदैन भन्ने पुष्पलालको मान्यता थियो। आखिर त्यो पनि पुष्टि भयो। आज पनि हेर्नुस् बामपंथी र कांग्रेसकै सरकार छ।’
समाजवादीका जिल्ला अध्यक्ष भुप बहादुर केसीको अध्यक्षतामा सम्पन्न स्मृति सभामा सभासद अनारकली मियाँ, तिलक केसी, वीर बहादुर केसी, मुकुन्द बहकरी, चिरञ्जिवी बुढाथोकी, सावित्रा रिजाल, राम प्रसाद गैरे लगायतले पुष्पलालको योगदानबारे चर्चा गरेका थिए। कार्यक्रमको सहजीकरण भने सचिव जानुका रेग्मीले गरेकी थिइन्।