काठमाडौँ। मिटर ब्याज तथा ठगीविरुद्धको किसान-मज्दुर संघर्ष समितिले संघीय राजधानी काठमाडौँमा आन्दोलन जारी राखेको छ।
जारी आन्दोलनमा असली मिटर ब्याज पीडितहरुलाई नै गिज्याउने गरी ठगी धन्दामा संलग्न व्यक्तिहरुको प्रवेश भएको पाइएको छ। दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ३७ वर्षीया भीमा डाँगी मिटर ब्याज आन्दोलनमा आफूमाथि अन्याय भएको भन्दै मिडियालाई वाइट दिएको भेटिएको छ।
दाङकै सीमादेवी बुढासँग बहुमूल्य ढुङगा विक्रि गर्न लागेको र त्यो ढुङ्गा बेच्दा करोडौं पैसा पाउनु हुन्छ भन्दै पटक पटक गरी ५४ लाख रुपैयाँ ठगेको आरोपमा जिल्ला अदालत दाङ्मा तारेक जारी छ। तर, उनै डाँगीले राजधानीको जारी आन्दोलनमा आफूलाई पीडितका रुपमा प्रस्तुत गरेकी छन्।
डाँगीले स्थानीय र आफन्तसँग पैसा उठाउदा विभिन्न प्रलोभन पारेर उठाएकी थिइन भने उठाएको पैसा रोल्पाका एम बहादुर घर्तीलाई दिने गरेको बताउँदै आएकी थिइन्।
उनै डाँगीबाट ठगिएकी सीमाले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा भनिन्, ‘२०७५ साल माघ ५ गते १८ लाख हेण्डकेस दिएकी थिएँ। २०७७ मंसिरदेखि २०७८ साल असोजसम्म गरी विभिन्न मितिमा ३६ लाख रुपैयाँ दिएकी थिएँ। ११ किलोको स्ट्रोन छ। योे विक्री गर्ने हो । धेरै पैसा आउछ। करोडौंँ पैसा हुन्छ भनिन्। सुरुको १८ लाखको साँवा ब्याज मैले घरेडी बेचेर तिरे । ४ तोला सुन बेचर ब्याज तिरेकी हुँ। उल्टै आज असली मिटर ब्याज पीडितको भीडमा पुगेर नानाथरी बहाना गरिरहेको भेटियो।’
डाँगीले एमलाई दिएको पैसा ६ महिना, एक महिना, वर्ष दिन यस्तै भन्दै झुल्याउदै आएको र ११ केजी पथ्थरको विक्रीको काम नेपाल सरकारले नै अनुमति दिएको भनेर बनाएको काजग प्राप्त भएको छ।
त्यस्तै सोही पथ्थर विक्री हुँदैछ, काम हुँदैछ भन्ने नाममा सीमासँग एम बहादुर घर्तीले २०७५ बैशाख २० गते ४५ हजार, चैत १७ मा ४० हजार र २०७६ बैशाख १५ गते ५० हजार र ४० हजार र २०७६ भदौमा २० हजार गरी जम्मा १ लाख ९५ हजार रुपैयाँ लिएको जानकारी प्राप्त भएको छ। यसबारे थप जानकारीका लागि भीमा र एमलाई फोन सम्पर्क गर्दा उनीहरुको नम्बरमा सम्पर्क हुन सकेन।