सभापती देउवालाई काम गर्न दिऔं: अशोक योगी



काठमाडौँ। नेपाली काङ्ग्रेस, केन्द्रीय प्रचार विभाग सदस्य अशोक योगीले पार्टी सभापति शेरबहादुर देउवालाई काम गर्ने वातावरण मिलाउनु पर्ने सुझाव पेश गरेका छन्।

जारी केन्द्रीय कमिटीको बैठकलाई लक्षित गर्दै नेता योगीले बैठकको लाइभ प्रसारण गर्नुलाई राम्रो कार्य भनेका छन्। सभापति देउवाले आम चासोको विषयलाई सम्बोधन गरेको भन्दै युट्युबरलाई बोकेर समाचार बनाउने नेताहरुको भने दोहोलो भएको टिप्पणी गरेका छन्।

नेता योगीले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘बहस कस्तो हुने रहेछ? कस्तो प्रस्तुति हुँदो रहेछ ? बाहिर र भित्र के फरक हुने रहेछ? भन्ने खालका आम चासोका प्रश्न काङ्ग्रेसले सम्बोधन गरेको छ। युट्युबरलाई बोकेर समाचार बनाउन लगाउनेको दोहोलो हुन्छ।’

उनले अगाडि लेखेका छन्,‘देउवा लोकतन्त्रवादी नेता हुन्। गाउँबाट उठेका नेता हुन्। ढुंगामुढा गरेर नेता भएका होईनन्। सबैको सहमती लिउभन्दा विभाग गठन ढिलो भएको कुरा सबैलाई थाहाछ। हलो अड्काएर गोरू पिट्नेहरूको पर्दाफास लाईभ बैठकबाटै गर्नुपर्छ। सरकारका विरुद्धमा केपी ओलीसँग मिलेर अस्थिरता ल्याउन खोज्नेहरु (गगनहरु) रुपान्तर हुनु नपर्ने हो?’

अबको नेपाली काङग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले पाउनुपर्ने भन्दै योगीले विगत लामो समयदेखि लभिङ गर्दै आएका छन्। उनले भनेका छन्, ‘सभापतीले गर्ने भनेको उपसभापती पुर्णबहादुर खड्कालाई कार्यबहाक सभापतीको जिम्मेवारी दिने हो। अबको नेतृत्वको दाबेदार खड्का नै हो। कर्णालीमा जन्मिएका कारण उहाँमाथि अन्याय हुनु हुँदैन।’

पार्टीका महामन्त्रीले पार्टी सभापति र सरकारलाई काम गर्न नदिएको भन्दै विश्वप्रकाश शर्मा र गगन थापाको आलोचना गरेका छन्। महामन्त्री थापाले सभापतिले काम गर्न नसकेको, केपी ओलीसँग भेटेर सरकार परिवर्तन गर्ने कुरा उठाएको, आफू रुपान्तरण नहुने, तर अरुलाई रुपान्तरण हुनुपर्छ भनेको, सार्वजनिक खपतकै लागि बोल्ने गर्नाले पार्टी थप कमजोर बनेको नेता योगीको आराेप छ।

नेता योगीले १० बुँदे सुझाव दिएका छन्:

१। नेपाली काङ्ग्रेस पार्टीमा नकरात्मक टिप्पणी गर्ने, समस्याका पहाड मात्रै खडागर्ने पद्धतिलाई अन्त्यगर्दे समस्यासँगै समाधानको खोजी गर्ने, सामाधान दिने परिपाटीको सुरुवात गर्नु जरुरी छ। बिरोधी र आलोचकहरुबाट बरु पार्टीको र पार्टीका नेताको प्रशंशा हुने गरेको र आलोचना कम हुने गरेको छ। तर, पार्टी भित्रैबाट अराजक पाराले लोकतन्त्र र स्वतन्त्राताको धज्जी उडाएर जबर जस्त उठाईएका र उठेका बिरोधका र असन्तुष्टीका श्वरहरुले न त देश बलियो बनाउछ, न त पार्टी नै बलियो बनाउछ। तत्काल पाटीको निती र नेतृत्व कमजोर पार्ने गतिबिधी रोक्नु पर्ने अनुशाशित पाटीको पहिचान दिलाउनु पर्ने ।नेताहरुलाई माईनस गर्ने पदाधिकारी लाई ब्यवास्था गर्ने गतिबिधी रोक्नु पर्ने । १५औं महाअधिबेशन लाई लक्षित गरेर बिभिन्न निकायमा मनोनित गर्ने साँटकाँट गर्ने गतिबिधी त्यति स्वस्थकर देखिएको छैन कि पाटीका नेता झन आलोचित बन्ने बिषय बनेको छ।

२। नेपाली कांग्रेस पार्टीलाई पीडामा साथ दिने, पीडितको पक्षमा उभिने, शुशाशनका पक्षमा दरिलो रुपमा उभ्याउनु पर्ने देखिन्छ। सादगी जीवन र शुन्य सहनशिलतालाई आत्मसाथ गर्नुपर्ने देखिन्छ। द्धन्द्ध पीडित बिस्थापितका पीडालाई अहिलेको बजेटले सम्बोधन गर्न सकेको छैन।

३। पार्टीको सामुहिक नेतृत्वले सहमतिमा सम्पूर्ण बिभागहरु गठन प्रक्रिया अगाढी बढाएर बिभागमा रहनेको मनोनयन मापदण्ड बनाएर पुर्णता दिनु पर्ने देखिन्छ। पदाधिकारीलाई नै बेवास्था गरी निश्चित मान्छेका लिष्ट तयार पारेर रुजु नगरी सहमति नजुटाई सार्बजनिक गरिने नामहरुबाट पुराना र लगनशिल नेता कार्यकर्तालाई निरुतसाहित बनाएको छ। गुटको नाममा योग्यता नपुगेका पनि समाबेश हुँदा गुटका नेतृत्वलाई थप आलोचित बन्नु पर्ने विषय बनेको छ। आम जनमानशको निराशालाई आशामा परिणत गर्नु पर्नेछ उत्साह थप्नु पर्नेछ ।

४। बिग्रदो अर्थ ब्यवस्थालाई लयमा ल्याउन नीजी क्षेत्र र लगानी कर्तालाई विश्वासमा लिन जरुरी छ। पार्टीका तर्फबाट विश्वासको वातावरण तय गर्न लगानी कर्ता संग छलफल,परामर्श र कार्यशालाको माध्याम बाट लगानीमैत्री वातावरण बनाउन जरुरी छ ।

५। निजी क्षेत्रलाई तीन खम्बे अर्थनीतीलाई मान्यता दिएका कारण सहकारीहरुमा कम्युनिष्टहरुको अकाधिकार भएको र सहकारीहरु बदनाम हुँदै गएको अबस्था छ । नीजी क्षेत्रबाट संचालन गरिएका मिडियाहरु नेपाली कांग्रेस कमजोर बनाउने नितीमा लागेको स्पष्टै देखिन्छ कांग्रेस मैत्री मिडिया कसरी बनाउने सोच्न जरुरी छ ।

६। बैदेशिक लगानीको प्रत्यक्ष प्रभाब रहेका बैदेशिक सहयोगी दातृ निकाय र अन्र्तराष्टिय गैह्र सरकारी संस्थाहरुमा ९० प्रतिशत कम्युनिष्ट र एमालेको प्रभाब रहेको देखिन्छ । लोकतान्त्रिक मुलुकबाट ल्याएको बजेट आज लोकतान्त्रिक पाटीमा सम्बद्धहरुले संचालन गरेका सामाजिक संस्थाहरुलाई साझेदार नबनाउने निती लिएका र एकलौटी गरेको देखिन्छ ।

७। तत्लो तह सम्म आर्थिक श्रोत परिचालन गर्ने र रोजगार सृजना गर्ने आईएनजिओ र एनजिओको प्रत्यक्ष प्रभाबले नेपाली कांग्रेस पाटी निकै कमजोर भएको छ। नेपाली कांग्रेसको जिल्ला सभापती र सांसद केन्द्रिय सदस्यहरुले १ जना सामाजिक परिचालकको लागि पाटीको अस्थित्व बेच्नु पर्ने अबस्था आई लागेको तिर पाटीले कहिले ध्यान दिने। लोकतान्त्रिक मुल्यमान्यतामा बाँचेका सामाजिक संस्था र संचार माध्याम बन्द हुने अबस्थामा छन त्यता तिर ध्यान कहिले जाने ।

८। धेरै वर्षपछि पाटीले बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाएको आईएनजिओलाई नियमन गर्ने समाजकल्याण परिषदमा सदस्य सचिब लगायत पदाधिकारी पाएको छ न आपसी तालमेल छ न लोकतान्त्रिक संस्थाहरुलाई साझेदार बनाउन पहल गरिएको छ ।कर्मचारीहरु हाबि हुँदा समाजकल्याण परिषदमा काम गर्न चाहाने पदाधिकारीले समेत काम गर्न पाएका छैनन्। मिडिया र सामाजिक संस्था हातमा नहुँदा तल्लो तहमा कसरी पाटी बलियो हुन्छ गम्भीर रुपमा सोच्ने बेला आएको छ।

९। पाटीका सबै बिभाग गठन गरेर परिचालन गर्ने,आगामी ३ महिना देखि६महिना सम्म भातृसंस्थाको अधिबेशन अनिबार्य गराउने अधिबेशन नराउने भातृ संगठनको नेतृत्व लाई असक्षम घोषणा गरि आउने कुनै पनि अबसरबाट बन्चित गर्ने निती लिने बिधानको पुर्ण पालना गराउने।

१०। नेपाली कांग्रेस पाटीले समानुपातिकमा सिफारिस गर्ने दोहोर्याएर तेहेर्याएर पहुँचका आधारमा समानुपातिक लिष्ट फाइनल गर्दा आम मतदाताको जाँगर र उत्साह घटेको छ। समानुपातिक नीती र पद्धतिका बिषयमा सोच्न, पाटीलाई सच्याउन जरुरी छ। बहुसंख्यक नेपाली जनताले मान्दै आएको मौलिक सनातन हिन्दु धर्मका सवालमा र पक्षमा नेपाली कांग्रेस पाटीले आफु लाई सच्याएर सनातन हिन्दु धर्म सहितको सर्ब धर्मको पक्षमा उभ्याउन बिलम्ब गर्नु हुँदैन। आज मौलिक परम्परा र संस्कृति मासिदै नासिदै जाँदा त्यसको अपजसको भार भाबी पुस्ताले क्षतिसहित बेहोर्नु पर्ने देखिन्छ। पाटी समयमा सचेत हुन जरुरी छ। नीती महाअधिबेशनका सन्दर्भमा धर्मको सवाल नछुटाई निती महाअधिबेशनका लागि छलफलका सुची तयार पारेर ७७ वटै जिल्लाका स्थानिय पालिकामा गई छलफल गर्नुपर्छ।