सचिवालय बैठकमा झलनाथको ५ घण्टे मन्तव्य



काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारसम्म लम्बिएको छ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि सुरु भएको बैठक आज मंगलबार सकिने भनिए पनि बिहीबारसम्म लम्बिएको हो।

जारी बैठकमा नेताहरूले आफ्नो धारणा राखिसकेका छन्। नेताहरूले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर आफ्नो धारणा राखेका हुन् ।

मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा राखेका छन् । करिब ५ घण्टा आफ्नो विचार राखेका खनालले विगत २२ महिनाको समीक्षा गरेको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार खनालले देशको वर्तमानस्थित लगायतका विषयमा धारणा राखेका थिए ।