नेपाल भारतसँग ९ विकेटले पराजित



काठमाडौँ। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ।

श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल पराजित भएको हो। नेपालले दिएको १६८ रनको लक्ष्य भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए।