विजलपुरा-जयनगर रेल सञ्चालनमा



काठमाडौँ। दुई दशकभन्दा लामो समयपछि महोत्तरीको भंगहा (विजलपुरा) स्टेशनबाट रेल सञ्चालनमा आएको छ।

आइतबार नेपाल सरकारका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा देखाएपछि विजलपुराबाट भारतको जयनगरका लागि रेल छुटेको हो।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार आइतबारदेखि ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर विस्तार भएको हो। विजलपुरासम्म सञ्चालन आएसँगै ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुगेको छ। यसअघि जनकपुरधामदेखि कुर्थासम्म करिब ३५ किलोमिटर दूरीमा रेल सञ्चालनमा थियो।

यसअघि न्यारोगेज रेल्वे विजलपुरासम्म सञ्चालनमा थियो। भातरमा शासन गरिरहेको तत्कालीन इष्ट इण्डिया कम्पनीले काठ ओसार्न भंगहासम्म रेल्वे सञ्चालन गरेको थियो। पछि बाढीले ट्रयाक बगाएपछि रेल जनकपुरधामदेखि जयनगरसम्म सीमित भएको थियो।