काठमाडौँ। हेल्प नेपाल स्पोर्टस क्लब सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ अपराजित रहँदै च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा २५-१९ को जित निकालेको हेल्प नेपालले दोस्रो सेट ११-२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट २५-१८ र २५-१८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।
लिग चरणबाट हेल्प नेपाल शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए । च्याम्पियन बनेको हेल्प नेपालले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले ३ लाख रुपैयाँ पायो ।
साबिक विजेता त्रिभुवन आर्मी क्लबले तेस्रो र नेपाल एपिएफ क्लबले चौथौ स्थान हासिल गरे । उनीहरुले क्रमशः १ लाख ५० र ७५ हजार रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, दावाँली मिलन क्लब, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप सहभागी थिए ।
यसैगरी महितार्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लले जितको छ। पुलिसले एपिएफ क्लबाई ३(१ को सेटमा हराएको हो ।च्याम्पियन बनेको पुलिसले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको एपिएफले ३ लाख रुपैयाँ पायो ।
न्यू डायमन्ड युथ स्पोर्टस स्पोर्टस क्लबले तेस्रो र साबिक विजेता त्रिभुवन आर्मी क्लबले चौथौ स्थान हासिल गरे । उनीहरुले क्रमशः १ लाख ५० र ७५ हजार रुपैयाँ प्राप्त गरे ।
महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघको सहभागिता थियो ।