काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकको दोस्रो दिन २ जना नेताहरूले आफ्नो भनाई राखेका छन्।
पुष्पलाल स्मृति भवन चम्पादेवीमा बसेको बैठकमा जगन्नाथ खतिवडा र प्रकाश ज्वालाले आफ्नो भनाई राखेका हुन्। बैठक भोलीसम्मका लागि स्थगित भएको छ भने साउन २ गतेसम्म बैठक जारी रहने नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा कार्यविभाजन, महाधिवेशन, पार्टीले उठाउने आर्थिक, राजनीतिक, सामाजिक मुद्धाहरुका बारेमा छलफल भएको खतिवडाले बताए। बैठकको अन्तिम दिन पार्टी बैठकमा भएका छलफल र निर्णयहरूको बारेमा जानकारी दिने उनले बताए। शुक्रबार सात जनाले धारणा राखेका थिए।