काठमाडौँ। नेपालले ८० मेट्रिक टन घाँस चीन निर्यात गरेको छ।
शनिबार नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषीमन्त्री डा. बेदुराम भुसाल र चीनियाँ राजदुत छान सोङले घाँस निर्यातको सुरुवात गरेका हुन्। विगत ४ वर्षदेखिको प्रक्रिया बल्ल कार्यान्वयनमा आएको हो।
पशु आहाराका लागि साइलेस नामक घाँस नेपालले चीनका लागि निर्यात गर्न सुरु गरेको हो। मकैबाट उत्पादित घाँस पशु आहारका लागि उ्रच्च क्वालिटीयुक्त मानिन्छ। यसअघि कृषि मन्त्री भुसालले चीनियाँ पक्षसँग घाँस निर्यातको निम्ति तारान्तर सल्लाह र अनुरोध गरेका थिए।
यस अवसरमा चीनियाँ राजदुत सोङले नेपाली किसानले उत्पादन गरेको घाँस चीन सरकारले निर्यात गर्ने कार्य सुरु गरेको र आगामी दिनमा बढि मात्रामा घाँस आयात गर्ने बताएका छन्।