काँक्रेविहारको जङ्गलमा जरायो मार्ने पाँच जना प्रहरी नियन्त्रणमा



सुर्खेत। काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो। घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन। काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जङ्गल पनि हो।