‘ललिता निवास प्रकरणमा माधव नेपाल दोषी देखिए कारबाही गरे हुन्छ’



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले ललिता निवास प्रकरणमा पार्टी अध्यक्षसमेत रहेका माधव नेपाल दोषी देखिए कारबाही गरे हुने बताएका छन्।

काठमाडौँमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। ललिता निवास प्रकरणमा अध्यक्षको नाम जोडिएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्नुपर्छ। अपराधीलाई जाक्नुपर्छ। उहाँको मात्रै होइन। एमालेको विष्णु पौडेलको नाम उठेको छ। जोसकुै होस् कारबाही गर्नुपर्छ। दोषी देखिएर कारवाही गरे हामी मुर्दावाद भन्दै सडकमा आउँदैनौं।’

सरकारले अहिले ललिता निवास जग्गा प्रकारणबारे छानविन गरिरहेको छ। सो प्रकरणमा अध्यक्ष नेपालसहित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहित हार्इ प्रोफाइलका व्यक्तिहरुको नाम मुछिएको छ।