काठमाडौँ। देउडा गायिका शोभा थापा व्यक्तित्व तथा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएकी छन्।
गत शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा गायिका थापासहित विभिन्न विधाका कलाकारहरुलाई राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान अर्पण गरिएकाे हाे।
पूर्वउपराष्ट्रपति परमानन्द झाले गायिका थापासहित गायक नवराज ढुङ्गाना, निर्देशक बबिता पुरी, राजेन्द्र पुरी, गायिका जुनु रिजाल, रामचन्द्र काफ्ले, दिपा रोकाय, मोडेल सिम्रन दुलाललगायतलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन्।
रिबन ईन्टरनेटमेन्टको आयोजनामा सम्पन्न ‘हाम्रो अभियान, देशको गौरवलाई सम्मान’ भन्ने मुला नाराका साथ ‘राष्ट्रिय ब्याक्तित्व तथा प्रतिभा सम्मान-२०८० को प्रमुख अतिथिमा पूर्वराष्ट्रपति परमानन्द झा रहेका थिए। कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, नायक घिरेन शाक्यलगायतका अतिथि कलाकारहरुको उपस्थिति रहेको थियो।