काठमाडौँ। कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भीम ढकालले जुम्ला दलितको घर आगजनी सम्बन्धि घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गरिने बताएका छन्।
असार १६ गते हिक्मत गिरीलगायतले तातोपानी गाउँपालिका वडा नम्बर ४ का स्थानीय मुकुन्द नेपालीको घरमा आगजनी गरेका थिए। अब ३ महिनाभित्रमा प्रहरीको फोन नम्बरसहितको स्टिकर प्रत्येक दलितको घरमा टाँसिने बताएका छन्। जसले दलितमाथि हुने हिँसाका घटनामा न्युनिकरण गर्न र असहजतामा परेका बेला प्रहरीले सेवा दिने विश्वास गरिएको छ।
विभिन्न दलित संघ संस्था र अधिकारकर्मीहरले जुम्ला घटनामा संलग्नमाथि कारबाही र आगामी दिनमा यस प्रकारका घटना हुन नदिनका लागि डिआइजी ढकाल समक्ष ध्यानाकर्ष पत्र बुझाएका छन्। मुकुन्द नेपाली र बशन्ती गिरीले विवाह गरेपछि केटी पक्षले असार १६ गते केटा पक्षको घरमा आगजनी गरेका थिए।