जापान शैक्षिक परामर्श व्यवसायीहरूको नयाँ छाता संगठन दर्ता



काठमाडौँ। किशोर तिवारीको अध्यक्षता ९ सदस्यीय समितिसहित जापान शैक्षिक परामर्श व्यवसायी संस्थाहरुको नयाँ छाता संगठन सक्रिय शैक्षिक परामर्श संघ, नेपाल दर्ता भएको छ।

बुधबार राजधानीको बागबजारस्थित होटेल हार्दिकमा एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराइएको थियो। संस्थाको उपाध्यक्षमा केशवराज अर्याल, सचिवमा शिवप्रसाद सुबेदी, कोषाध्यक्षमा अनिल भण्डारीलाई चयन गरिएको छ। थप ५ जना सदस्यसहित ९ जनाको तदर्थ कमिटी गठन गरी संस्था दर्ता गरिएको कुरा संस्थाका सदस्य मेघराज शाहीले कर्णाली सन्देशलाई जानकारी गराउनुभयो। यहि ९ सदस्यीय कमिटीको नेतृत्वमा सरकारी कार्यालयहरुमा आधिकारिक रुपमा उक्त संस्था दर्ता गरिएको शाहीको भनाई छ।

प्रथम साधारणसभासम्मको लागि सम्पूर्ण जिम्मेवारी तदर्थ कमिटीको रही प्रथम साधारण सभा पश्चात भने नयाँ कमिटी गठन गरेर आगाडि बढ्नेछ। यो संस्था विशुद्ध जापान परामर्श व्यवसायी हरुको संस्था भएकोले यस संस्थाले जापानसँग समन्धित अनि जापान परामर्श व्यवसायसँग समन्धित रहेका समस्या तथा यस क्षेत्रको हकहितका निम्ति सक्रिय भएर विशेष भूमिकाका रहेर काम गर्नेछ।

सदस्यता दर्ता प्रक्रियामा चाइने सम्पूर्ण कागजात पूरा गर्ने जुनसुकै जापानको काम गर्ने संस्थाहरू पनि यस संस्थाको सदस्यता लिन पाउनेछन्। यस संस्थाले आगमी दिनमा निरन्तर लगावका साथमा डटेर खटेर यस क्षेत्रमा भएका समस्यालाई पन्छाउने, जापानका स्कूल कलेज हरू सँग समन्वय गर्ने, सामाजिक कामहरू गर्ने, जापानको document मा देखिएका समस्याहरूलाई सकेसम्म एकरूपता गराउने, विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने, जापानको Embassy, VFS, NOC काे लागि शिक्षा मन्त्रालय लगायतका विभाग सँग समन्वय गर्ने अनि यस क्षेत्रलाई कसरी हुन्छ मर्यादित गराउने अनि सम्पूर्ण सदस्यहरूलाई स्वच्छ प्रतिस्पर्धामा रहेर काम गर्ने वातावरण बनाउने, र यस क्षेत्रकाे हकहितका लागि निरन्तर लागि पर्नेछ। तसर्थ आगामी दिनमा जापान शैक्षिक परामर्श व्यवसाय क्षेत्रमा यो संस्था एउटा सबल, समृद्ध अनि नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने ठूलो संस्थाका रूपमा परिणत हुनेछ।’

संस्थाको सुरुवात सँगै ७४ जना संस्थाहरू यस संस्थामा आबद्ध भइसकेका छन भने केही समयका लागि संस्थामा दर्ता प्रक्रिया रोकिएपनी आज औपचारिक रूपमा संस्था दर्ता भएको घोषणासँगै नयाँ सदस्यहरूलाई पनि सदस्यता दिने क्रमलाई निरन्तरता दिने भएको छ।

कार्यक्रमको अध्यक्ष तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव सुवेदीले स्वागत मन्तव्य राखेका थिए। संस्थाको दर्ता देखि आजसम्मका गतिविधिबारे उपाध्यक्ष केशवराज अर्यालले जानकारी दिए। कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पूर्ण संस्था, सदस्य लगायत आर्थिक सहयोग गर्ने संस्थालाई कोषाध्यक्ष अनिल भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै कार्यक्रमको सञ्चालन तीर्थ भण्डारीले गरेका थिए।