नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित



काठकाडौँ। आईसीसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग २ विकेटले पराजित भएको छ।

नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। नेपालका करण केसी एक्लैले चार विकेट लिए पनि जितका लागि पर्याप्त भएन। करणले आफ्नो स्पेलमा १ मेडन राख्दै ५८ रन खर्चे। किशोर महतोले दुई विकेट आफ्नो नाममा गरे।
गुलसन झा र सन्दीप लामिछानेले समान एक विकेट लिए।

आयरल्याण्डको जितमा कर्टिस क्याम्फरले ६२ र ह्यारी टेक्टरले ६० रनको योगदान दिए। जर्ज डकरेल ३३, लोकेन टकर २४ रनमा आउट भए। एन्डी म्याकब्राइनले १७, पउल स्र्टलिङले १५ रन थपे।

त्यसअघि जिम्बावेको ताकाशिंका क्रिकेट स्पोट्र्स क्लबमा आयरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि  ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९  विकेटको क्षतिमा २ सय ६८ रनको योगफल तयार पारेको थियो।

नेपालका विकेट किपर अर्जुन साउद ४ बलमा ३ चौका र २ छक्कासहित ४ रनमा एलबीडब्लु धरापमा परे। अर्जुन २६ औँ ओभरको अन्तिम बलमा स्पिनर ग्यारेथ डेलानीको अर्जुन एलबीडब्लू आउट भए।

अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे। कप्तान रोहित ३५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा क्याच आउट भए। ३८ बलमा ५ चौका र २ छक्का हानेका कुशल मल्ल ४४ र भीम सार्की २० रनमा क्याच आउट भए। ओपनर कुशल भुर्तेल ८ रनमा क्याच आउट भए। ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा क्याच आउट हुन पुगे। दिपेन्द्र सिंह ऐरी शून्य रनमा एलबीडब्लू धरापमा परे।

आठौँ विकेटका लागि गुलशन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गरे। ओडीआईमा आठौं विकेटका लागि भएको यो उच्च साझेदारी हो। यसअघि आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरि र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए।

गुलशन झा ५७ रनमा नटआउट रहे। गुलशनले ४२ बलमा बलमा ४ चौका र ३ छक्का हाने। किशोर महतो १ रनमा नटआउट रहे।  सन्दीपले ३० बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाए। करण केसी ४ रनमा आउट भए।