विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा



काठमाडौँ। साफ च्याम्पियनसिप खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीबाट ६ खेलाडी बाहिरिएका छन्।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले आइतबार विश्वकप छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा यी खेलाडीलाई बाहिर राख्ने निर्णय लिएका हुन् ।

ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा उनले टोलीमा खेलाडी छनोट गरेका हुन् । साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरत्रय पुजन उपरकोटी, नविन लामा र मणि लामा तथा फरवार्ड दिपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन् । विशालले राष्ट्रिय टोली करिअरबाट बिदा लिने चर्चा चल्दा अन्य खेलाडी भने अष्ट्रेलिया प्रस्थान गर्ने सम्भावना छ ।

नेपालले अक्टोबरमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । दुई लेगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र दोस्रो चरणमा नेपाल छनोट हुनेछ ।

३० सदस्यीय प्रारम्भिक टोली:

गोलरक्षक: किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल, दिप कार्की

डिफेन्डर: विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर: एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिश रत्न छुन्जु

फरवार्ड: आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन