जुम्ला। जिल्लाको तातोपानी–४ मा अन्तरजातीय विहे गरेको आरोपमा घरमा आगजनी भएको छ।
मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर बिहे गरेपछि केटी पक्षका आफन्तले घरमा आगजनी गरेका हुन्। २० वर्षीय मुकुन्दले उमेर नखुलेकी युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेका कारण घरमा आगजनी भएको बताइएको छ।
बसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएको आफन्तलाई फोनमा भनेको बुझिएको छ। मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेको चार दिनपछि दलित केटाको घरमा एक्कासी आगजनी गरेको मुकुन्दका माइला दाइ भरत नेपालीले जानकारी दिएका छन्।
तीन तलाको घर जलेर पूरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन्। घर आगजनी भएको कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हौँ, उनले भने।’