सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ।
अर्थमन्त्री बेदराज सिहंले शुक्रबार प्रदेश सभामा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ भने शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ।
त्यस्तै कर्णाली प्रदेश सरकारले सुर्खेतको भेरी गंगामा प्रादेशिक विमानस्थल निर्माण अगाडी बढाउन केन्द्र सरकारसँग समन्वय गर्ने भएको छ।