उपचारका लागि देउवा सिंगापुर जाँदै



काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) राति ‘फलोअप’का लागि सिंगापुर जाने भएका छन् l

देउवाले पछिल्लो एक दशकदेखि सिंगापुरमा उपचार गराउँदै आएको उनको सचिवालयले जनाएको छ ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार २–२ वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो । २०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जाने परिस्थिति बनेको थिएन ।