काठमाडौँ। विजय परियार र शान्ति श्री परियारको सुमधुर आवाजमा रहेको ‘जात’ बोलको गीत बजारमा आएको छ।
विजय परियारको शब्द रचना रहेको गीतको संगीत पोषण श्रेष्ठले सिर्जना गरेका हुन्। त्यस्तै गीतको संगीत संयोजन दिनेश परियारले गरेका छन्। जातीय विभेदको पराकाष्टालाई गीतमा उतारिएको छ। गीतमा अन्तर जातीय प्रेम सन्दर्भलाई बेजोडले उठाइएको छ।
भिडियो हेर्नुहोस्