चौथो खेलमा नेपाल मलेसियासँग पराजित



काठमाडौँ। पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेटाएको हो। योसँगै पाँच खेलको शृङ्खला २(२ को बराबरी भएको छ। अब बाँकी एक खेल जित्ने टोली यो शृङ्खला जित्नेछ।

मलेसियाको जितका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक ३८ रनको योगदान गरिन्। यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३, नुर एरियाना नात्स्याले ९, आइना हाशिम र आयसिया एलिसाले एकरएक रनको योगदान गरे।

नेपालकी कविता कुँवर, रुबिना क्षेत्री, सीता रानामगर र कविता जोशीले एकरएक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो।

नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रनको योगदान गरिन् भने विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन्।सम्झना ८ रन, ओपनर काजोल श्रेष्ठले ६ रन , ज्योति पाण्डे १ रन र कप्तान रुविना क्षेत्री बेलबासे शून्य रनमै आउट भए।

कविता जोशी १२ रन बनाएर अविजित रहिन्। मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन्। महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिए।