‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश



काठमाडौँ। भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ। सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ।

संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेका थिए। भारतीय सञ्चार माध्यमहरुले विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरुलाई समावेश गरेको जनाएका छन ।

सत्तारुढ भारतीय जनता पार्टी ९बीजेपी०को मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ’आरएसएस’ ले अखण्ड भारतको विषयलाई उठाउँदै आएको छ । जसलाई प्राचीन समयमा भारतीय प्रभाव क्षेत्रको रुपमा व्याख्या गर्ने गरेको छ।

भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरालको फोटो राख्दै ‘दृढता स्पष्ट छ ( अखण्ड’ भारत भन्दै ट्वीट गरेका छन् । त्यसैगरी लोकसभामा बीजेपीका सांसद मनोज कोडाकले ‘अखण्ड भारत’ले शक्तिशाली र आत्मनिर्भर भारत भन्दै ट्वीट गरेका छन् ।

‘नयाँ संसद् भवनमा अखण्ड भारत । यसले हाम्रो शक्तिशाली तथा आत्मनिर्भरताको प्रतिनिधित्व गर्छ’ उनले लेखेका छन् ।राष्ट्रिय स्वयंसेवक संघले ‘अखण्ड भारत’को धारणाले भौगोलिक अभिवाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ । जसमा हालको अफगानिस्तानदेखि दक्षिण पूर्व एशियाको थाइल्यान्डसम्मको भूभागलाई समेट्ने जनाएको छ ।