काठमाडौँ। नेपाल दलित मुक्ति संगठनको ७औं स्थायी कमिटी बैठक सम्पन्न भएको छ।
शनिबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका कार्यबहाक अध्यक्ष प्रमेश हमालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो। त्यस्तै पार्टीका उपमहासचिव तथा मोर्चा सङ्गठन प्रमुख डा.विजय पौडेलको विशिष्ट आतित्थ्यता रहेको थियो।
बैठकले मुक्ति सङ्गठनको छैठौं राष्ट्रिय सम्मेलन २०८० भाद्र २३ र २४ गते काठमाडौँमा गर्ने र २०८० जेष्ठ १५ देखि २०८० भाद्र १५ गतेसम्म तीन महिने सङ्गठन सुदृढीकरण तथा परिचालन अभियान (ससुप) अभियान सन्चालन गर्ने निर्णय गरेको छ।
साथै लुम्बिनि प्रदेशको उपाध्यक्ष तथा इन्चार्जमा मिना परियारलाई जिम्मेवारी प्रदान गरिएको छ भने कमरेड सुधीरमान बिक, एलवि परियार र रुद्र किसानलाई उपमहासचिवको जिम्मेवारी प्रदान गरिएको छ।
संगठनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्ज वशन्त कुमार विश्वकर्माका अनुसार नेत्र नेपाली, बृजलाल पासवान, कर्ण विश्वकर्मा, रनसिह नेपाली, रामकृष्ण बिक, विनोद नेपाली, सुरज परियार, मनकुमारी सुनारलाई सचिव र केन्द्रीय कोषाध्यक्षमा प्रेम विश्वकर्मालाई जिम्मेवारी प्रदान गरिएको छ।