नीति तथा कार्यक्रम जनमुखी, उत्तरदायी हुनुपर्छ: अशोक योगी



काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता एवं समाजशास्त्री अशोक नाथ योगीले नीति तथा कार्यक्रम जनमुखी, उत्तरदायी र सुशासनमैत्री हुनुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेशबुकमा योगीले लेखका छन्, ‘देशलाई उभो लगाउन र संकट टार्न कुनै पनि विवादमा नतानिएका राजनीतिक दलका नेता, अग्रज, अनुभबी, नागरिक समाज र लब्ध प्रतिष्ठित व्यक्तित्वको कार्यगत संजाल निर्माण र परिचालन गरि विशेष जिम्मेवारी प्रदान गनुपर्छ। त्यस्तै आवश्यकता र औचित्यको आधारामा संविधान पुनर्लेखन र संशोधन गर्नुपर्छ। अल्पसंख्यकको र मौलिक संस्कृतिको संरक्षण नीति, सनानत हिन्दु राष्ट्रको मौलिक पहिचान, संरक्षण र सम्बर्द्धनसहित सर्वधर्म अभियान अगाडि बनाउनुपर्छ।’

त्यस्तै उनले अगाडि लेखेका छन्, ‘पवित्र न्यायलयमा कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको सक्रिय राजनीतीमा १० वर्ष अगाडिदेखी क्रियाशिल नभएको र समाजमा आइडल बन्ने र न्याय दिने सोच भएको निश्पक्ष ब्यक्ति प्रतिष्पर्धाको माध्यमबाट न्यायलयमा प्रवेश गर्ने वातावरण र नीति बनाईनुपर्छ। राष्ट्रिय सभालाई विज्ञसभा र समानुपतिक सभाको परिकल्पनालाई अघि सार्नुपर्छ। जिल्ला समन्यवय समिति र जिल्ला स्थिति कार्यालयलाई पालिका तहमा सेवा कार्यलयको रूपमा लैजानु पर्ने हुन्छ। पूर्ण स्वायत्त र विकेन्द्रिकरण सिद्धान्तको कार्यान्वयन गर्नुर्पछ। प्रतिनिधी सभालाई नीति निर्माणसभा प्रत्यक्ष निर्वाचित हुने मात्र व्यवस्था गरिनु पर्छ। जनप्रतिनिधीको काम नीती नियम बनाउने, कार्यान्वयन र अनुगमनमा परिचालनमा सक्रिय हुनुपर्छ। सुन्य सहनशिलताको सिद्धान्त र मितव्ययिता कार्यान्वयन गर्नुपर्छ। प्रदेश संरचनालाई चुष्त र कम खर्चिलो बनाउनु पर्छ। विेदेश पलायनलाई रोक्नुपर्छ।’