एकीकृत समाजवादीका सचिव र पूर्वराज्यमन्त्री एमाले फर्किए



दाङ। एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, पूर्वमन्त्री हिराचन्द्र केसी र दाङ जिल्ला कमिटीका केही पदाधिकारी नेकपा एमालेमा फर्किएका छन् ।

शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई एमालेका स्वागत गरे।

एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगीसहितका नेताहरू एमालेमा फर्किएका हुन् ।

एकीकृत समाजवादीले शुक्रबार नै पार्टीको हित विपरीत काम गरेको भन्दै सचिव विश्वासीसहित ६ जनालाई कारवाही गरेको थियो । एकीकृत समाजवादी जिल्ला कमिटी दाङले पनि अध्यक्ष, उपाध्यक्ष, सचिवलाई कारवाही गरेर शुक्रवार नै भूपबहादुर केसीको अध्यक्षतामा १७१ सदस्यीय कमिटी गठन गरेको छ ।