काठमाडौं। सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् । उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए।
हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्ने बताउँदै पौडेलले नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार विस्तार गरिने घोषणा गरे । निर्माण भएका अन्र्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानास्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने नीति सरकारको रहेको उनले बताए ।