नास्ट करिब ४ महिनादेखि उपकुलपति विहीन



काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) करिब ४ महिनादेखि नेतृत्वविहीन छ।

प्रतिष्ठानका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठको गत पुसमा कार्यकाल सकिएपछि नास्ट उपकुलपति विहीन बनेको हो। सहकुलपति (शिक्षामन्त्री) संयोजकत्वमा दुई जना प्राज्ञ सदस्यहरुको सिफारिस समितिले सिफारिस गरेको व्यक्तिहरुमध्येबाट कुलपति (प्रधानमन्त्री) ले नास्टको उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था छ।

तर, अहिलेसम्म नियुक्तिको प्रकृया अगाडि नबढेको स्रोतले जनाएको छ।

-अनलाइनखबर