काठमाडौं। यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ।
यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ। यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे।