काठमाडौँ। जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाल र युएई आम्नेसाम्ने हुँदैछन्।
सोमबार त्रिवि मैदानमा यूएईको चुनौती पन्छाउन नेपाली टोली तयार छ। तर, मौसमको पीर भने कम्ता छैन। विश्व च्याम्पियन भइसकेका भारत र पाकिस्तान जस्ता महारथी टिमसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने सपना भेट्टाउन नेपाल टिम इतिहासमै सबभन्दा नजिक छ।
यस घडिमा नेपालले प्रतिष्पर्धिभन्दा मौसमको खतरालाई प्रमुख ठानि रहेको छ।