नेपालले टस हार्याे, कुवेतविरूद्ध ब्याटिङ गर्दै



काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।  हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।