चेन्नाईलाई हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा



काठमाडौं। इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ ।

पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो। जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो।

यो जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ। यस्तै चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ ।

राजस्थानको जितमा सबैभन्दा धेरै यशस्वी जयसवालले ७७ रन बनाए। ४३ बलमा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । सैगरी ध्रुव जुरेलले ३४ तथा जस बटलर र देवदूत पाडिक्कलले समान २७ रन बनाए । सन्जु सामसनले १७ रन जोडे ।

चेन्नाईका लागि तुशार देशपाण्डेले २ विकेट लिए । जवाफी ब्याटिङ गर्ने क्रममा चेन्नाईका लागि शिवम दुवेले अर्धशतक बनाए। ३३ बल सामना गरेका उनले ४ छक्का र दुई चौकाको मद्दतमा ५२ रन बनाएका हुन् ।

ऋतुराज गायकवाडले २९ बलमा ४७ रन बनाए भने मोइन अली र रविन्द्र जडेजाले समान २३ रन बटुले । अजिंक्या रहाने १५ रन बनाएर आउट भएका थिए। बलिङतर्फ राजस्थानका आदम जाम्पाले ३, रविचन्द्र आश्विनले २ र कुलदीप यादवले १ विकेट लिए।