जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रतिस्ठान विभिन्न समस्या र चुनौतीका बीचमा उच्च मनोवलका साथ अगाडि बढिरहेको बताएका छन्।
प्रतिष्ठानद्वारा सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति रावलले यस्तो बताएका हुन्। कार्यक्रममा उपकुलपति रावलले प्रतिष्ठानको विकास र विस्तारका लागि हारगुहार माग्दा माग्दा आफू थाकिसकेको बताए।
रावलले अगाडि भने, ‘कर्णालीका जनताको स्वास्थ्य अवस्था सुधारियोस्, स्वास्थ्य क्षेत्रकाे विकास होस् भनेर आफूहरूले प्रधानमन्त्री, मन्त्री, पुर्वप्रधानमन्त्री, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीसँग सहयोग माग्याै। तर, कसैले पनि उचित र सार्थक पहल गर्नु भएन। यसरी प्रयासहरू असफल हुँदा दुःखसमेत लाग्ने रहेछ।’
उपकुलपति रावलले कोरोना कालमा २३ ठाउँमा ६० जना चिकित्सकहरूले ६ महिनाका लागि पठाएर विशेषज्ञ सेवा दिएको स्मरण गराउँदै कर्णाली स्थास्थ्य विज्ञान प्रतिष्ठानलाइ नेपालका ठूला अस्पतालभन्दा कम नआक्न अनुरोध गरेका छन्।
उनले भने, ‘यस्तो संवेदनशील संस्थामा राजनीतिकरण गरिन्छ। अनावश्यक राजनीतिका कारण काममा बाधा हुनेदेखि विभिन्न समस्यामा सिर्जना हुने रहेछन्। प्रतिष्ठान संघको मातहातमा रहेता पनि संघ, प्रदेश र स्थानीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वको भावनाका साथ अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ।’
रावलले दैलेखको राकम कर्णालीमा बन्न लागेको १ सय शयाको अस्पतालको जिम्मा लिदियोस् भन्ने चाहान व्यक्त गरेका छन्। विगत ३ वर्षदेखि कर्णाली प्रदेश सरकारले कुनै सहयोग नगरेको भन्दै प्रतिष्ठान कर्णाली प्रदेश सरकारसँग मिलेर अघि बढ्न चाहिरेको रावलको भनाई छ। कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता नरेश भण्डारी, प्रतिष्ठानका निर्देशक रमेश भट्टराईलगायतले मन्तव्य राखेका थिए।