नेपालको शिक्षा नीति बदल्नुपर्छ: मुख्यमन्त्री शर्मा



जुम्ला। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा, स्वास्थ्य, रोजगार र पुर्वाधार निर्माणलाई प्राथमिकताको विषय बनाइएको बताएका छन्।

सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले उक्त कुरा बताएका हुन्। मुख्यमन्त्री शर्माले परिवर्तन गर्ने आफ्नो लक्ष्य भएता पनि लक्ष्यलाई साकार पार्ने गक्षको (लगानी ) को अभावले गर्दा झेल्न परिरहेको बताए।

मुख्यमन्त्री शर्माले नेपालको विद्यमान शिक्षा नीति टाउकोले टेकेको तर्क गरेका छन्। बैज्ञानिक युगमा २०२८ सालको शिक्षा नीतिले काम गर्न नसक्ने भन्दै परिवर्तन गर्न आवश्यक रहेको उनको दाबी छ।

पुर्वमन्त्री तथा जुम्लाका माओवादी नेता नरेश भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान पिपलका रूपमा हुर्किरहेको बताउँदै कर्णालीका मान्छेहरूलाई छहारी प्रदान गरिरहेको टिप्पणी गरेका छन्।

प्रतिस्ठानका उपकुलपती डा.मंगल रावलले प्रतिस्ठान समस्या र चुनौतीलाई चिर्दै अगाडि बढिरहेको बताएका छन्। कार्यक्रममा बोल्दै उपकुलपति रावलले प्रतिष्ठानको विकास र विस्तारका लागि हारगुहार माग्दा माग्दा थाकिसकेको बताए। रावलले अगाडि भने,‘कर्णालीका जनताको स्वास्थ्य अवस्था सुधारियोस्, स्वास्थ्य क्षेत्रको विकास होस् भनेर प्रधानमन्त्री, मन्त्री, पुर्वप्रधानमन्त्री, कर्णाली प्रदेशका पूर्वा मुख्यमन्त्रीसँग सहयोग मागियो। तर, कसैले पनि उचित सार्थक पहल गर्नु भएन। यसरी प्रयासहरू असफल हुँदा दुःख समेत लाग्ने रहेछ।

उपकुलपति रावलले कोरोना कालमा २३ ठाउँमा ६० जना चिकित्सकहरूले ६ महिनाका लागि पठाएर विशेषज्ञ सेवा दिएको कर्णाली स्थास्थ्य विज्ञान प्रतिष्ठान नेपालका ठूला अस्पतालभन्दा कम नआक्न अनुरोध गरेका छन्।

उनले भने, ‘यस्तो संवेदनशील संस्थामा राजनीतिकरण गरिन्छ। अनावश्यक राजनीतिका कारण काममा बाधा हुनेदेखि विभिन्न समस्यामा सिर्जना हुने रहेछन्। प्रतिष्ठान संघको मातहातमा रहेता पनि संघ, प्रदेश र स्थानीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वको भावनाका साथ अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ।’

रावलले दैलेखको राकम कर्णालीमा बन्न लागेको १ सय शयाको अस्पतालको जिम्मा लिदियोस् भन्ने चाहान व्यक्त गरेका छन्। विगत ३ वर्षदेखि कर्णाली प्रदेश सरकारले कुनै सहयोग नगरेको भन्दै प्रतिष्ठान कर्णाली प्रदेश सरकारसँग मिलेर अघि बढ्न चाहिरेको रावलको भनाई छ।

कार्यक्रममा बोल्दै प्रतिस्ठानका निर्देशक रमेश भट्टराईले प्रतिस्ठानले सेवा गरेका स्वास्थ्य सेवा नेपालका अन्य अस्पताल भन्दा कम नरहेको बताए ।