काठमाडौं। एसीसी प्रिमियर कप अन्तरगतको सोमबारको खेल बर्षाका कारण सुरु हुन सकेको छैन।
साउदी र नेपालबीचको खेल बिहान ९ बजेदेखि सुरू हुने खेल तालिका भएपनि बर्षाका कारण खेल प्रभावित बनेको छ। समूह ‘ए’ मा रहेका नेपाल र साउदी बीचको खेल मूलपानी मैदानमा ९ बजेदेखि सुरु हुनुपर्ने तालिका थियो।
तर, मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण साढे ८ बजे हुनुपर्ने टस अहिलेसम्म भएको छैन। मूलपानी माथिल्लो मैदानको पीच छोपिएको छ। सिमसिम पानी पर्न रोकिएको छैन।