यस्ताे छ आगामी तीन दिनकाे मौसम



काठमाडाैँ। हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी र उपत्यका लगायत केही स्थानमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम 

२०८० वैशाख ४ गते (सोमबार)

दिउँसोː   देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

रातीː   देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ।

२०८० वैशाख ५ गते (मंगलबार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

रातीː   देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ।

२०८० वैशाख ६ गते (बुधबार)

दिउँसोː देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको संभावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

रातीː  देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।