दैलेख जीप दुर्घटना: एक जनाको मृत्यु, १३ जना घाइते



सुर्खेत। कर्णाली राजमार्गमा दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिकोट, नरहरिनाथ गापा वडा नम्बर ५ का शिक्षक दुर्गबहादुर बोगटी रहेका छन्। ३३ वर्षीय बोगटी हालै मात्र प्रावितहको शिक्षकमा स्थायी नियुक्ति पाएर नरहरिनाथ गापाको माल्कोट जादै थिए। बोगटीलाई हेलिकोप्टरमार्फत काठमाडौँको ट्रामा सेन्टर पुर्याइएको थियो।तर, उपचारका क्रममा उनको सोमबारै निधन भएको थियो।

साथै उक्त दुर्घटनामा परि १३ जना घाइते भएका छन्। सोमबार दिउँसो सुर्खेतबाट कालिकोटका लागि छुटेको क१ज ५५ नम्बरको जीप दैलेखको आठबिस नगरपालिका–१ डाब नजिकै दुर्घटना भएको थियो।

घाइते हुनेमा ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीया स्वस्तिका बोगटी, १२ वर्षीया कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, ७ वर्षीय भीष्म बोगटी, ७ वर्षीया प्रतीक्षा बटला, १४ वर्षीय शरद विष्ट, २० वर्षीया मनीषा बोगटी, २४ को धनबहादुर बटाला, ७ वर्षीय वसन्त बुढा, ६ वर्षीय अखिल बुढा, १२ वर्षीय सुवास सहकारी र ५५ वर्षीया गोपिकला विष्ट रहेको प्रहरीले जनाएको छ। घाइते २ जनाको अवस्था गम्भीर रहेको र बाँकी ११ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।