लिभरपुलमाथि म्याचेष्टर सिटीको शानदार जित



काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा म्याचेष्टर सिटीले लिभरपुललाई शानदार जित हात पारेको छ र, लिग लिडर आर्सनलसँगको अंक दुरी घटाएको छ ।

शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।

सिटीको घरेलु मैदान, इत्तेहाद स्टेडियममा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । १७औं मिनेटमा मोहम्मद सलाहको गोलबाट लिएको अग्रता लिभरपुलले जोगाउन सकेन । २७औं मिनेटमा अल्भारेजले बराबरी गोल गरे ।

दोस्रो हाफ भने सिटी हाबी भयो । सुरुमै केभिन डि ब्रुयेनले गोल भने भने ५३औं मिनेटमा गुन्डुवान र ७४औं मिनेटमा ज्याक ग्रिलिसले गोल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ६४ अंक भएको छ । लिग लिडर आर्सनलको समान खेलबाट ६९ अंक छ भने लिभरपुल ४२ अंकका साथ छैटौं स्थानमा छ ।